बिहीबार, वैशाख २४, २०८३

झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल र ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

झापा- झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल र ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

National life

मंगलबार दिउँसो बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलमा को२०प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएका थिए।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी २१ वर्षीय योसन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको उपचारका क्रममा बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

सोही मोटरसाइकल पछाडि सवार मोरङ बेलबारी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएकी छन्। उनको बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ।

ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ बस्ने ३३ वर्षीय डिल्लीबहादुर लेप्चा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 04, 2023| 09:20 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।