शनिबार, साउन १७, २०८२

चिसोबाट बच्न मुढा वितरण

कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन्।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

कञ्चनपुर- कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका  छन्। सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई असर परेको छ। चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका-११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए। 

निकुञ्ज कार्यालयसंग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उनको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा   कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलव्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् । 

कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका छन्। 'जनताको जीउधनको शुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ,' शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भने, 'चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ।'

बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताए। यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउसो सितलहर चल्ने गरेको छ। चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्द समेत गरेका छन्।

प्रकाशित: Jan 04, 2023| 08:50 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।