शनिबार, साउन १७, २०८२

महोत्तरीको एक पसलमा आगलगी

महोत्तरीको गौशालावजारमा आगलगी हुँदा ११ लाख बराबरको क्षति भएको छ।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

महोत्तरी- महोत्तरीको गौशालावजारमा आगलगी हुँदा ११ लाख बराबरको क्षति भएको छ। गएराति गौशाला वजारस्थित चाँदनी रेडिमेट सेन्टरमा आगलगी हुँदा सो परिमाणको कपडा जलेर नष्ट भएको छ।

पसल बन्द गरी घर जाने क्रममा बाटोमा नै पसलमा आगलगी भएको घटनाको खबर पाएको पसल सञ्चालक कमलेश मंडलले बताए। पसलमा आउँदा प्रहरीको टोलीले पसलमा लागेको ताल्चा फुटाइ आगोलाई नियन्त्रणमा लिएको मंडलले बताए।

समयमै आगलगीलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए । आगलगी विद्युतको सर्टसर्किटबाट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

प्रकाशित: Jan 04, 2023| 08:40 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।