काठमाडौं– कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ। आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ।
पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ। भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ।
त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ। आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ।