शनिबार, साउन १७, २०८२

आगलागीमा परी पाँचथरमा दुई महिलाको मृत्यु

आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का दुई महिलाको मृत्यु भएको छ। स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

पाँचथर- आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का दुई महिलाको मृत्यु भएको छ। स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा ल्याइएको छ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित: Jan 04, 2023| 07:31 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।