बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुमति बिना विद्यालयमा बाह्य व्यक्तिलाई प्रवेश नगराउन महानगरको परिपत्र

अनुमति बिना विद्यालयमा बाह्य व्यक्तिलाई प्रवेश नगराउन महानगरको परिपत्र

काठमाडौं महानगरपालिकाले बिना अनुमति विद्यालयमा कसैलाई पनि प्रवेश नगराउन आग्रह गरेको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले बिना अनुमति विद्यालयमा कसैलाई पनि प्रवेश नगराउन आग्रह गरेको छ। 

National life

विद्यालयलाई परिपत्र जारी गर्दै महानगरको शिक्षा विभागले काठमाडौं महानगर अन्तर्गत सञ्चालित विद्यालयहरूमा विभिन्न धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, गेष्ट लेक्चर, चन्दा आदिका नाममा विद्यालय तथा शिक्षक विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग्ने कसैलाई पनि प्रवेश नदिन निर्देशन दिएको हो। 

शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने एवम् विद्यार्थीलाई अवान्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप हुने गरेको र यसबाट ‘विद्यालय शान्ति क्षेत्र’ को मान्यतामा उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यार्थी, अभिभावक तथा विद्यालयबाट बारम्बार आउने गरेको पनि महानगरले भनेको छ। 

'विद्यालयहरूले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व स्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउनु हुन र कसैलाई आमन्त्रण गर्ने पर्ने भएमा यस विभागलाई पूर्व जानकारी गराएर मात्र प्रवेश गराउनु हुन अनुरोध गरिन्छ,' विभागले जारी गरेको परिपत्रमा उल्लेख छ।

प्रकाशित: Jan 04, 2023| 06:52 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।