बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता

रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

सिमकोट- सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ।

National life

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको हो।

शाखाका निमित्त शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र सिमीकोट गाउँपालिकाका प्रशासकीय अधिकृत उजिर रोकायाले प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९‍/०८० मा लागू हुने गरी ५० क्विन्टल सिमी र चिनो कम्पनीले पहिलो पटक खरिद गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउनका लागि खाद्य व्यवस्था खरिद बिक्री शाखा कार्यालय काठमाडौँले पत्राचार गरेपछि सम्झौता भएको हो।

प्रकाशित: Jan 03, 2023| 18:45 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।