बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

सुमित एन्ड स्वयता ट्रेडर्सका सञ्चालकविरुद्ध ६६ करोड मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा सुमित एन्ड स्वयता ट्रेडर्सका प्रोप्राइटर पुनित बनियाँमाथि मुद्दा दायर गरेको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९
National life
Shivam cement

काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा सुमित एन्ड स्वयता ट्रेडर्सका प्रोप्राइटर पुनित बनियाँमाथि मुद्दा दायर गरेको छ। विभागले पुस १३ गते उच्च अदालत तुल्सीपरमा ६६ करोड ७ लाख रुपैयाँबराबरको रकम सजाय माग दाबी गरी मुद्दा दायर गरेको हो। 

विभागका अनुसार बानियाँले ३३ करोड ३ लाख रुपैयाँ राजस्व चुहावट गरेको स्पष्ट प्रमाण पाइएकोले सोही रकम बगिो कायम गरी उक्त रकम बराबरको सजाय मागदाबी तथा हदैसम्मको कैद सजाय हुने गरी विभागले मुद्दा दायर गरेको हो। 

बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको करयोग्य आयमा लाग्ने कर रकमसमेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा सोबमोजिम नगरी ‘नन फिलर’ रही अन्य विभिन्न फर्म प्रयोग गरी अवैध तवरले केही समय कारोबार गरेको देखिएको विभागले जनाएको छ।

प्रकाशित: Jan 03, 2023| 16:42 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्