बुधबार, जेठ २७, २०८३

विकास खर्च बढाउन परिसंघको सुझाव

उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास खर्च बढाउन आग्रह गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर विकास खर्च बढाउन आग्रह गरेको छ। मंगलबार नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास खर्च बढाउन आग्रह गरेको हो। 

National life

परिसंघ अध्यक्ष अग्रवालले मन्त्री श्रेष्ठसँग पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताउँदै पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको धारणा व्यक्त गरे। 

अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझावसमेत दिए। 

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिवोर्टिङ नेप्लिज इकोनोमी’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरे। 

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। 

Shivam cement

जवाफमा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको र समस्या समाधान गर्दै अगाडि बढ्ने बताए। ‘जहाँ समस्या छन्, समाधान गर्ने। जहाँ कमजोरी छन्, त्यसलाई सच्याउने, जहाँ छुट दिनै नसकिने छ, त्यहाँ आवश्यक हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं’, उनले भने। उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायत सहभागी थिए।

प्रकाशित: Jan 03, 2023| 16:05 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्