बिहीबार, वैशाख २४, २०८३

सैनिक प्रहरीको नियन्त्रणमा उपरथी शाही

मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले पुष्टि गरे।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

National life

काठमाडौं– सैनिक प्रहरीले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ। शाही सर्वोच्च अदालतले पदावधि नथपेको भए २० पुसमा उमेर हदका कारण अवकाशमा जाँदै थिए। उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबीसहित जंगी अड्डा र रक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। 

सोमबार मात्रै सर्वोच्चले शाहीको पक्षमा फैसला गरेको थियो। फैसलाको सक्कलसहित जंगी अड्डा जानै लाग्दा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले पुष्टि गरे।  

उनले भने, ‘आर्थिक अनियमितता लगायतका विषयमा छानविन गर्न उहाँलाई ब्यारेकमै बस्न निर्देशन दिइएको हो। अहिले स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ। अनुसन्धान नसकिएसम्म जंगी अड्डाकै उपयुक्त ठाउँमा राखिनेछ।’

प्रकाशित: Jan 03, 2023| 15:53 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।