बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

यातायात कार्यालय अनुगमन गरेपछि मन्त्री श्रेष्ठले भने- गुनासो आउन नदिने स्थिति बनाउँछु

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारीचालक अनुमतिपत्र लिनका लागि नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल थालेका छन्।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९
National life
Shivam cement

काठमाडौं- उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारीचालक अनुमतिपत्र लिनका लागि नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल थालेका छन्। श्रेष्ठले मंगलबार एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरे।

उनले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गरेका थिए। मन्त्री श्रेष्ठले कार्यालय प्रमुख तथा कर्मचारीलाई नियमअनुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने चेतावनी दिए। अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीका गुनासा सुन्दै सेवा सुधारमा आफू लागिपरेको बताए।

उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिएका छन्। मन्त्री श्रेष्ठले सवारीचालक अनुमति कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराको पनि अनुगमन तथा निरीक्षण गर्ने भएका छन्।

प्रकाशित: Jan 03, 2023| 15:08 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्