बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ सरकारसँगै स्वास्थ्यका अतिरिक्त सचिवको बढुवा फाइल मन्त्रालय फिर्ता

नयाँ सरकारसँगै स्वास्थ्यका अतिरिक्त सचिवको बढुवा फाइल मन्त्रालय फिर्ता

स्वास्थ्य मन्त्रालयको बढुवा समितिले पुस ७ गते मन्त्रालयमा रिक्त रहेको दुई पदका लागि मन्त्रीपरिषदमा तीन जनाको नाम पठाएको थियो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

National life

काठमाडौं– सरकार परिवर्तन भएसँगै स्वास्थ्य सेवा अन्तर्गत १२औं तह अतिरिक्त सचिव बढुवाको फाइल मन्त्रिपरिषदबाट फिर्ता भएको छ।

स्वास्थ्य मन्त्रालयको बढुवा समितिले पुस ७ गते मन्त्रालयमा रिक्त रहेको दुई पदका लागि मन्त्रीपरिषदमा तीन जनाको नाम पठाएको थियो। अघिल्लो सरकारको पालामा सिफारिस भएको उक्त फाइल पुस १० गते नयाँ सरकार बनेसँगै फिर्ता भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। अब पुनः नयाँ प्रस्तावमा निर्णय हुने जनाइएको छ। 

बढुवा समितिले १२औं तहमा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटीको नाम सिफारिस गरेको छ। मन्त्रालयले सोही नाम नै मन्त्रिपरिषदमा नयाँ प्रस्तावको रुपमा फाइल पठाउने तयारी गरेको छ।

प्रकाशित: Jan 03, 2023| 12:39 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।