बुधबार, जेठ २७, २०८३

सुन मूल्य आठ महिनायताकै उच्च

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– सुन मूल्य वर्ष दिनयताकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। महासंघका अनुसार मंगलबार बढेको सुन मूल्य गत आठ महिनाकै उच्च हो।

National life

यसअघि गत ५ वैशाखमा प्रतितोला १ लाख २५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख २ हजार ६ सय पुगेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ९ सय रुपैयाँ बढेको हो।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो।

प्रकाशित: Jan 03, 2023| 11:44 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्