बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीदरबार गाउँपालिकाको ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा

गुल्मीदरबार गाउँपालिकाको ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा

गाउँपालिकाले ज्येष्ठ नागरिकका घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

बुटवल– गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सेवा दिन थालेको गरेको छ। ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण थालिएको पालिका अध्यक्ष सरोज थापाले बताएका हुन्।

National life

शाइन रेसुंगा बैंकको समन्वयमा पालिकाको वडा–५ का घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँडिएको उनको भनाइ छ। अन्य वडामा पनि पालिकाले टोलटोलबाट सुरक्षा भत्ता बुझ्ने व्यवस्था गरेको छ। अध्यक्ष थापाले पालिकाभित्रका करिब ८० प्रतिशत उपभोक्ताको न्यूनतम विद्युत् महसुल भुक्तानी गर्दै आएको जानकारी दिए।

पालिकाकै सबै वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर समय–समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले बताइन्। गुल्मीदरबारभित्रका स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठेरो परे निःशुल्क एम्बुलेन्ससमेत व्यवस्था गरिँदै आएको छ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले पालिकाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने क्रममा रिफर गर्नुपरे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो। सदरमुकाम तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिरसमेत निःशुल्क एम्बुलेन्स सेवा घोषणा गरिएको थियो।

निःशुल्क सेवा लिन गुल्मीदरबार गाउँपालिकाभित्रका नागरिक हुनुपर्ने सर्त रहेको छ। पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिने व्यवस्था गरिएको छ। 

गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ४६ जना रहेको छ। चालू आर्थिक वर्षमा १ हजार १५६ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै, पालिकाको वडा–५, ६ र ७ का ५० वटा कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ।

प्रकाशित: Jan 03, 2023| 11:07 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।