बुधबार, जेठ २७, २०८३

मोलुङ हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– मोलुङ हाइड्रोपावरले आईपीओ निष्कासन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

National life

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको हो। 

वैदेशिक रोजगारीमा रहका नेपालीका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुंगाको मोलुङ गाउँपालिबासीमा  बाँडफाँट गरिने कम्पनीले बताएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाबासी र सिद्धिचरण नगरपालिकाबासीमा बाँडफाँट गरिनेछ। 

३ माघसम्म समय रहेको उक्त आईपीओमा ३ माघसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा उक्त सेयरमा पूर्ण आवेदन नपरे स्थानीयले १८ माघसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

Shivam cement

प्रकाशित: Jan 03, 2023| 10:54 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्