शनिबार, साउन १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर महानगरमा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरमा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

vianetvianet

चितवन– चितवनको भरतपुर महानगरले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता दिने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो। महानगरले सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ।

आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ। सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न कार्यविधि बनाएएको महानगर प्रमुख रेनु दाहालले बताइन्। स्थानीय तहमा पहिलो पटक महानगरले यो कार्यक्रम ल्याएको हो। यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उनको भनाइ छ।

आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ। महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो। ती परिवारलाई मासिक २ हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ।

गत वर्ष १३  बेपत्ता परिवार र ४७  सहिद परिवारले सहयोग लिएका थिए। यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उनले जानकारी दिइन्।

प्रकाशित: Jan 03, 2023| 10:41 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।