काठमाडौं- कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन्। सोमबार राति साढे १० बजेतिर ती युवक हामफालेका हुन्।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।
रोकायाको मुटुको धड्कन एक्कासि बढेपछि उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
रोकायाको टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको बताइएको छ।