शनिबार, साउन १७, २०८२

प्रर्दशनमा संलग्न भएको आरोपमा इरानमा दुई किशोरलाई फासी

इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फासीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले जनाएको छ।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

vianetvianet

इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फासीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले जनाएको छ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फासी दिइने अभियानकर्ताहरूलाई डर छ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई ईश्वर विरुद्ध दुश्मनीको आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित: Jan 03, 2023| 08:33 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।