सोमबार, वैशाख २८, २०८३

शीतलहरले महोत्तरीका विद्यालय बन्द

अत्याधिक जाडो बढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

National life

महोत्तरी- बाक्लो हुस्सु र शीतलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन्। अत्याधिक जाडो बढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन्। अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिकासहित ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन्। जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने त्याहाको शिक्षा साखाले जानकारी दिएको छ।

प्रकाशित: Jan 02, 2023| 20:56 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्