लुम्बिनी- लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा स्थायी समिति सदस्य जोखबहादुर महरा चयन भएका छन्। रोल्पा १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित महरा दलको नेतामा चयन भएका हुन्।
प्रदेशसभा सदस्यहरूको बैठकले उनलाई दल नेतामा सर्वसम्मत निर्वाचित गरेका थिए। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन्।
संसदीय दलको बैठकमा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल उपस्थित थिए। निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि महरालाई शुभकामना दिएका थिए।