बुधबार, जेठ २७, २०८३

एनसेलले घटायो पे एज यू गो भ्वाइस कलको शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्।

National life

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रतिमिनेट १.६२ रूपैयाँ कायम गरेको छ। 

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात पेएजयूगोको नयाँ महशुल दर आइतबारदेखि लागू भएको छ। यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १.९९ रूपैयाँ शुल्क रहेको थियो। 

यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकैदर करसहित प्रतिमिनेट मात्र २.०५ रूपैयाँमा कल गर्न सक्नेछन्। यसअघि यो शुल्क करसहित २.५२ रूपैयाँ रहेको थियो। 

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ। आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले जनाएको छ।

Shivam cement

प्रकाशित: Jan 02, 2023| 16:28 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्