शुक्रबार, फागुन २९, २०८२

मुगुको मालिका आधारभूत विद्यालय : एउटै कोठामा १ देखि ५ कक्षासम्मको पढाइ

विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा ५ तिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

मुगु– सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ। सुन्दा अचम्म लागे पनि मुगुको एउटा विद्यालयमा वर्षौंदेखि यसरी नै कक्षा सञ्चालन भइरहेको छ।

National life

यहाँको सोरु गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थी एउटै कक्षामा बसेर अध्ययन गरिरहेको देख्न सकिन्छ। विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा ५ तिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन्। 

सोरु गाउँपालिका–१ जवलधारामा रहेको मालिका आधारभूत विद्यालयको जिर्ण हविगत बारे सबै तहका सरकार जानकार छन्। अझ स्थानी सरकारसमक्ष कयौं पटक यसबारे लिखित मौखिक जानकारी गराइसकेको विद्यालय प्रशासनको भनाइ छ। तर स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयको आरोप छ।

विद्यालयमा विशेषगरी दलित समुदायका विद्यार्थी धेरै छन्। विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्रछात्रा राख्नुपरेको प्रधानाध्यापक मेजबहादुर बुमीले बताए। धेरै विद्यार्थी एकै ठाउँमा बसेर पढ्दा केही नबुझ्ने कक्षा ४ मा अध्ययनरत ककेश नेपाली सुनाउँछन्। उनी भन्छन्, ‘साथीहरू धेरै हुन्छन्। पढाइमा ध्यानै जाँदैन। परीक्षामा जे आयो, त्यही लेखेर फर्कने गरेको छु।’

कक्षाकोठा मात्रै होइन, यहाँ खेलमैदान र खेल सामग्री केही नभएको अर्का विद्यार्थी रेस्मा शाहीले बताइन्। गाउँपालिकाको न्यून स्रोतले शिक्षा शाखाले पनि दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको र राष्ट्रपति शैक्षिक सुधार आयोजनाबाट विद्यालयमा दुई कोठे भवन निर्माण भइरहेको छ। यसपछि भने संरचना अभावको समस्या समाधान हुने सोरु गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाई सँगै राखेर पठनपाठन गराउन समस्या भएको प्रअको भनाइ छ। उनका अनुसार विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न सकिएको छैन भने बहुकक्षा सञ्चालन गर्दा विद्यार्थी थेग्न सकिँदैन। विद्यालयमा १५० बढी बालबालिका अध्ययनरत छन्।–न्युज कारखाना

प्रकाशित: Jan 02, 2023| 17:20 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्