शुक्रबार, फागुन २९, २०८२

नर्भिक अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण

पुस १ गतेदेखि मिर्गौला प्रत्यारोपणा सेवा सुरु गरेको नर्भिकले दुईजनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। पुस १ गतेदेखि मिर्गौला प्रत्यारोपणा सेवा सुरु गरेको नर्भिकले दुईजनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए। 

National life

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय राकेश बर्मा र आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण गरेका हुन्। मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको उनले बताए। 

‘सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केसमध्ये पहिलो केही जटिल रहेको थियो,’ मिश्रले भने, ‘पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो तर, नर्भिकमा

भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ।’ मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम

हुने भएका कारण समेत नर्भिकमा सुरु भएको अस्पतालले जनाएको छ। आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने अस्पतालले बताएको छ। तीन महिना पहिले प्रत्यारोपणको स्वीकृति पाएको नर्भिकले हालसम्म २ जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 02, 2023| 14:35 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्