बुधबार, जेठ २७, २०८३

भक्तपुर नगरपालिकाले बढायो पर्यटन शुल्क

सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका पर्यटकसँग १ हजार ५०० लिँदै आएकामा बढाएर १ हजार ८०० लिने निर्णय।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

भक्तपुर– डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क बढाएको छ।

National life

नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो।

नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हँुदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोहीअनुरुप शुल्क समायोजन गरेको बताए।

नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको ५०० शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका पर्यटकसँग १ हजार ५०० लिँदै आएकामा बढाएर १ हजार ८०० लिने निर्णय भएकोे उनले जानकारी दिए। 

प्रमुख लासिवाले भने, नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो। त्यसलाई फस्ट जनवरीदेखि लागू गरेका हौं। डरलको मूल्य १३० हाराहारी पुगेकाले मूल्य समायोजन गरेका हौं। डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा १ हजार ८०० लिने निर्णय भएको छ।’

Shivam cement

प्रकाशित: Jan 02, 2023| 17:40 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्