बिहीबार, कात्तिक २७, २०८२

बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै

बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ। ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

हेटौंडा- बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ।  ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। 

National life

बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।  

प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए। 

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी समेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुको प्रदेशसभामा प्रतिनिधित्व छ।

प्रकाशित: Jan 02, 2023| 08:43 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।