बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना'

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना'

नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन्। 

National life

पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना रहेको पनि बताए। चिनियाँ डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ। 

पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि रहेको भन्दै उनले भने, ‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको  सपना हो। यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताएका उनले नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यबाहक राजदूत सिनले  परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद तथा उत्कृष्ट योगदानका लागि चिनियाँ र नेपाली इन्जिनियरहरू र प्राविधिककर्मीहरूलाई पनि  धन्यवाद दिए। 

 

Shivam cement

प्रकाशित: Jan 01, 2023| 15:13 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्