बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'पैसाको आगो' ताप्ने हो? राष्ट्र बैंकले बेच्दैछ ब्रिकेट

'पैसाको आगो' ताप्ने हो? राष्ट्र बैंकले बेच्दैछ ब्रिकेट

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेका ब्रिकेट बिक्री गर्न लागिएको हो।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाइएको ब्रिकेट बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेका ब्रिकेट बिक्री गर्न लागिएको हो।

National life

राष्ट्र बैंकले सिलबन्दी बोलकबोलमार्फत ब्रिकेट बिक्री गर्न लागेको छ।  कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखिएको हो। इच्छुक व्यक्ति तथा संस्थाले मूल्य कबुल गरेर ४५ दिनभित्र आवेदन दिन सक्छन्। मूल्य प्रतिस्पर्धाको माध्यमबाट तय हुनेछ।

ब्रिकेट बनाउन ‘बीएसबीएस’ (बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम) मेसिन प्रयोग गरिएको राष्ट्र बैंकले  जनाएको छ।

राष्ट्र बैंकले ०७८ भदौदेखि काम नलाग्ने नोट पेलेर ब्रिकेट बनाउन थालेको हो। मुख्य कार्यालय र प्रादेशिक कार्यालयमा संकलन गरिएको चलनचल्तीमा ल्याउन नसकिने नोटलाई मेसिनबाट पेलेर ब्रिकेट बनाइन्छ। 


प्रकाशित: Jan 01, 2023| 13:47 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्