डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र इसिमोड वीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्यत पुग्नेछ ।
समझदारीपत्रमा इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एच.एस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरे । ललितपुर धापाखेल स्थित इसिमोडको कार्यालयमा भएको हस्ताक्षर समारोहमा इसिमोडका उपमहानिर्देहक डा.एकलव्यशर्मा , स्ट्रेटेजिक कर्पोरेसनका निर्देशक वसन्त श्रेष्ठ, प्रशासन र अर्थ निर्देशकश्री शेखर घिमिरे र डावरकातर्फबाट एग्रो विजनेस विभागका प्रमुख डा. पंकजप्रसाद रतुरीको उपस्थिति थियो ।
यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिनेछ जसमामा हुरी पालन, जडिबुटी खेती, कृषिमाआधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने छ ।
यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि समझदारीको परिधिमा राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४