शनिबार, जेठ ३०, २०८३

मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहेको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहेको छ। 

National life

बैंकको प्रधान कार्यालय टंगाल (हाल कुमारी बैंक भएको) मा कायम गरिएको छ। एकीकृत कारोबार थाल्दा दुवै बैंकको नजिक-नजिक रहेका केही शाखा बन्द गरिएका छन्। दुई बैंकका गरी ३५५ वटा शाखा रहेकोमा ५८ स्थानमा नजिक-नजिक छन्। 

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुगेको छ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड पुगेको छ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल भएका छन्। उनी एनसिसि बैंकका प्रमुख कार्यकारी थिए।

प्रकाशित: Jan 01, 2023| 11:12 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्