बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

National life

झापा– हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो। 

गएराति करिब २ बजे हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। सोही क्रममा हात्तीले आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै सोही हात्तीकै आक्रमणबाट कृष्णमायाका श्रीमान शान्तिराम भण्डारी घाइते भएका छन्। शान्तिरामको उपचार भइरहेको छ। छावासहितको हात्तीको एक समूह गाउँ पसेको थियो। बेलुका ११ बजेदेखि नै हात्तीको समूहले गाउँमा आतंक मच्चाएको थियो। 

प्रकाशित: Jan 01, 2023| 08:40 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।