बिहीबार, वैशाख २४, २०८३

सोलुखुम्बुमा एक घर जलेर नष्ट

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलस्थित एक घर आगलागीबाट जलेर नष्ट भएको छ। आगलागीबाट घर जलेर नष्ट हुँदा करिव तीन लाख बराबरको क्षति भएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

सोलुखुम्बु- सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलस्थित एक घर आगलागीबाट जलेर नष्ट भएको छ। आगलागीबाट घर जलेर नष्ट हुँदा करिव तीन लाख बराबरको क्षति भएको छ।

National life

गएराती अन्दाजी पौने २ बजे फुरी तामाङको ढुंगामाटोले बनेको र फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

चुलोबाट सल्किएको आगोले तामाङको घरसहित भित्र रहेको सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ। 

घटनामा कुनै चौपाय तथा मानविय क्षति भने भएको छैन। आगो मुक्ली प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि विहान ३:१५ बजे मात्रै नियन्त्रणमा आएको थियो। 

घरधनी तामाङ परिवार काठमाडौं बस्दै आएका थियो भने सो घरमा स्थानीय टंक गुरुङ बस्दै आएका थिए। 

प्रकाशित: Jan 01, 2023| 08:30 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।