बिहीबार, वैशाख २४, २०८३

अङ्ग्रेजी नयाँ वर्ष सुरु

अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ।

National life

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्। इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन्।

इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ। विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। 

विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रम हुँदै छन्। हिजो बेलुका पनि यी क्षेत्रमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए। 

प्रकाशित: Jan 01, 2023| 07:19 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।