मकवानपुर- बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्।
माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो। शुक्रबार सहमति नभएपछि संसदीय दलको आज बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो।
संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो।