शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा हाइस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कैलालीमा हाइस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कैलालीको गौरीगंगामा बिहान १०:२० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका थिए।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

धनगढी- कैलालीको गौरीगंगामा बिहान १०:२० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन्। मृत्यु हुनेमा ७३ वर्षीय कर्मा प्याकुरेल रहेकी छन्। उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।

National life

घाइते मध्ये पदमा अस्पताल अत्तरियामा उपचाररत २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हाइस दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा, उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, मोहन डगौरा र जानकी डगौराको छोरा ६/७ वर्षीय समेत घाइते छन्। 

त्यस्तै टिकापुर नगरपालिका–१ का ४० वर्षीया कृष्णी चौधरी, सोही स्थानकी २० वर्षीया पुजा चौधरी, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अन्जली चौधरी, टिकापुर नगरपालिका–१ की कृष्णी चौधरीको छोरा प्रिन्स चौधरी, बर्दिया गोरुवा–५ का ४४ वर्षीय रामबहादुर खडायतको कम्मर र मुखमा चोट लागेको छ। 

दुर्घटनामा परी घाइते हुनेमा बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर, बर्दियाकी ४२ वर्षीया मनुकुमारी चौलागाई रहेका छन्।

त्यस्तै जानकी गाउँपालिका–४ का ५६ वर्षीय मन्तराम कठरिया, कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्र गुरुङ, जानकी गाउँपालिका–४ की ३२ वर्षीया अञ्जली रावत, ३७ वर्षीय रामबिलास रावतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 


प्रकाशित: Dec 31, 2022| 19:15 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।