बिहीबार, साउन १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रोजगार मेलामा तीन सय २२ जना अपाङ्गता भएका व्यक्तिको आवेदन

रोजगार मेलामा तीन सय २२ जना अपाङ्गता भएका व्यक्तिको आवेदन

विराटनगरमा शुक्रबार र शनिबार गरि दुई दिन सम्म सञ्चालन गरिएको रोजगार मेलामा प्रदेश १ का १० जिल्लाका तीन सय २२ जनाको आवेदन परेको हो।
 |  शनिबार, पुस १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

vianetvianet

विराटनगर- प्रदेश १ मा पहिलो पटक आयोजना गरिएको अपाङ्गता समावेशी रोजगार मेलामा ३२२ जनाको आवेदन दर्ता गरिएको छ।

करुणा फाउन्डेसन नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासंघ र द लेप्रोसी मिशन नेपालले संयुक्त रूपमा विराटनगरमा शुक्रबार र शनिबार गरि दुई दिन सम्म सञ्चालन गरिएको रोजगार मेलामा प्रदेश १ का १० जिल्लाका तीन सय २२ जनाको आवेदन परेको हो। 

आयोजक संस्था करुणा फाउण्डेसन नेपालका बरिष्ठ व्यवस्थापक कमल कोइरालाका अनुसार आवेदन दिनेमा मोरङ, सुनसरी, झापा, पाँचथर, उदयपुर, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा र धनकुटा जिल्लाका व्यक्तिहरु रहेका छन्। आवेदन दिएका सबैको व्यक्तिगत विवरण राखिएको र रोजगारका लागि संभावित व्यक्तिहरुबारे मेलामा स्टल राखेका ३३ वटा रोजगार दाता संस्थाहरुसँग बैठक गरेर निर्णय गरिने उनले बताए। रोजगार मेलामा आवेदन दिएका मध्ये प्लस टु अध्ययन पुरा गरेका ६४ जनाले स्थानीय तहमा रोजगारी पाउने कोइरालाले बताए।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीय तहवीचको त्रिपक्षीय साभेदारीमा सञ्चालित अपाङ्गता पुर्नस्थापना कार्यक्रम सञ्चालन भएका स्थानीय तहमा रोजगारी पाउने उनको भनाई छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले हालै जारी गरेको कार्यविधि अनुसार स्थानीय तहको अपाङ्गता सहायता कक्षमा उहाँहरुको व्यवस्थापन हुने कोइरालाले जानकारी दिए। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले अपाङ्गता भएका व्यक्तिहरुको दक्षता र शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध गराउन प्राथमिकता दिईने बताए। दुई दिने मेलामा तीन सय २२ जनाको आवेदन पर्नु महत्वपूर्ण उपलब्धि भएको राउतको भनाई छ।

प्रकाशित: Dec 31, 2022| 18:49 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।