तनहुँ- तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३-०१-००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो। बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।