शुक्रबार, वैशाख २५, २०८३

कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

महेन्द्रनगर- कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

National life

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भतरबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन्।

मनोजको साथबाट १.०२ ग्राम र सुरजबाट २.७७ ग्राम खैरो हिरोइनसहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रकाशित: Dec 31, 2022| 18:15 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।