बिहीबार, वैशाख २४, २०८३

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

संखुवासभा- संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ।

National life

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो। 

उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा  गरिसकेका छन्। 

हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए। उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए। ‘स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर सेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ’, उनले भने। 

इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए।

प्रकाशित: Jan 01, 2023| 05:30 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।