बुधबार, जेठ २७, २०८३

एनसीएचएल फिनेटक विधामा सम्मानित

कम्पनीले डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधार स्थापना र सञ्चालन गरी विद्युतीय कारोबार सहजीकरणमा गर्दै आएको योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल क्लियरिङ हाउस (एनसीएचएल) कर्पोरेट क्लब नेपालद्वारा वार्षिक रुपमा आयोजना गरिँदै आएको ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ अन्तर्गत फिनटेक विधामा सम्मानित भएको छ। 

कम्पनीले डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधार स्थापना र सञ्चालन गरी विद्युतीय कारोबार सहजीकरणमा गर्दै आएको योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो।

कम्पनीले भुक्तानी पूर्वाधार निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्टआईपीएस, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस, कर्पोरेट पे, नेपालपे क्यूआरलगायत राष्ट्रिय भुक्तानी प्राणाली सञ्चालन गरी डिजिटल पेमेन्ट सेवा दिँदै आएको छ।

प्रकाशित: Dec 31, 2022| 16:21 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्