बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रभावकारी हुँदै

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रभावकारी हुँदै

आगामी ६ चैतसम्म जारी रहने अभियानमा विदेशमा रहेका नेपाली जोडिने क्रम बढिरहेको कम्पनीले बताएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– विश्वका २०० सय बढी मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीको आकर्षण बढ्दै गएको छ। 

National life

वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवदद्धनका लागि कम्पनीले यो अभियान सुरु गरेको थियो। आगामी ६ चैतसम्म जारी रहने अभियानमा विदेशमा रहेका नेपाली जोडिने क्रम बढिरहेको कम्पनीले बताएको छ।

अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाख बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्छन्।  विदेशबाट आएको नगद रेमिट्यान्स ईसेवा वालेटमा प्राप्त गरेर पनि अभियानमा सहभागी हुन सकिनेछ।

अभियानमा सहभागी भइ ईसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कार प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए। 

कम्पनीले ईसेवा वालेटका ६० लाख बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। कम्पनीले हाल सेवाग्राहीलाई १२ हजार बढी भुक्तानी केन्द्र तथा ईसेवाका १ लाख बढी क्यास प्वाइन्टमार्फत विप्रेषण भुक्तानी सेवा दिँदै आएको छ।

Shivam cement

प्रकाशित: Dec 31, 2022| 15:46 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्