बुधबार, जेठ २७, २०८३

पुस मसान्तसम्म करको दायरामा आउनेलाई विशेष छुट

राजस्व विभागले करयोग्य कारोबारमा सामेल भएको तर कर नतिरेकाको हकमा प्यान कार्ड बनाएर पुस मसान्तसम्म करको दायरामा आए विशेष छुट दिइने जनाएको हो।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– सरकारले पुस मसान्तभित्र स्थायी लेखा नम्बर (प्यान कार्ड) बनाएर करको दायरामा आउनेलाई विशेष छुट तथा सुविधा दिइने बताएको छ।

National life

आन्तरिक राजस्व विभागले करयोग्य कारोबारमा सामेल भएको तर कर नतिरेकाको हकमा प्यान कार्ड बनाएर पुस मसान्तसम्म करको दायरामा आए विशेष छुट दिइने जनाएको हो।

विभागका सूचना अधिकारी राजु प्याकुरेलले तोकिएको समय प्यान कार्ड बनाई विगत चार  आर्थिक वर्षको विस्तृत विवरण बुझाए सोभन्दा अघिल्ला वर्षका कारोबार नखोजिने बताए। यद्यपि विगत ४ वर्षको विवरणको आधारमा आफैंले घोषणा गरेको कर भने तिर्नुपर्ने उनको भनाइ छ। त्यसअघिको हकमा कर तथा ब्याज शुल्क मिनाहा हुनेछ।

हालसम्म ३२ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर लिइसकेका छन् भने १८ लाख बढीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको विभागको तथ्यांक छ।

प्रकाशित: Dec 31, 2022| 17:55 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्