बुधबार, जेठ २७, २०८३

कोरियामा बढ्यो कामदारको तलब

तलब वृद्धिले ईपीएसमार्फत कोरिया गएका ३५ हजार बढी नेपाली कामदार लाभान्वित हुने।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरियामा कार्यरत कामदारको तलब बढेको छ। नयाँ वर्षसँगै कोरियामा कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६२० वन (९६० रुपैयाँ) पुगेको हो। उनीहरुले मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० वन (२ लाख रुपैयाँ) पाउनेछन्। 

National life

५  बढी धेरै कामदार भएको कम्पनीले एक घन्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० वन (१ हजार ४४०) प्राप्त गर्नेछन्। राती १० देखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० वन (झन्डै २ हजार रुपैयाँ) पाउनेछन्।

कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीका कामदार पाँच जनाभन्दा कम हुने गर्छन्। कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीले न्यूनतम ज्याला ९ हजार ६२० वनमै कामदारलाई काम लगाउन सक्ने व्यवस्था छ।

ओभरटाइमलगायत रकम अन्य कामदारले कोरियाली श्रम कानुनअनुसार नै पाउनुपर्ने माग कोरियाली ट्रेड युनियनले राख्दै आएका छन्। 

कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो। त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ। तलब वृद्धिले ईपीएसमार्फत कोरिया गएका ३५ हजार बढी नेपाली कामदार लाभान्वित हुनेछन्।

Shivam cement

प्रकाशित: Dec 31, 2022| 14:21 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्