शुक्रबार, वैशाख २५, २०८३

पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रचण्डले मुख्यसचिव शंकरदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

National life

शनिबार प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो। कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो। 

पाण्डेले ज्यान जोगाउन होटलको १२औं तलाबाट हाम फाले पनि बच्न सकेनन्। मर्नुअघि झापास्थित घरपरिवार र ९ वर्षीय छोरासँग गरेको मर्मस्पर्शी कारुणिक संवादका कारण पाण्डेको स्वदेश, विदेशमा समेत चर्चा भइरहेको छ। 

प्रधानमन्त्री प्रचण्डले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 31, 2022| 13:02 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।