शुक्रबार, वैशाख २५, २०८३

सप्तरीबाट आठ सय १० केजी गाँजा बरामद

सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

सप्तरी- सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ। प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागूऔषध गाँजा बरामद गरेको हो।

National life

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो। सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरी गाँजाका बोरा लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको प्रहरी जनाएको छ।

विशेष सूचानाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्कासहितको प्रहरी टोली खटी बालुवा खनेर हेर्दा एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा नौ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ बोरामा लुकाई राखेको गाँजा भेटिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए। उनले प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद् भएको जानकारी गराए।

बेबारीसे अवस्थामा फेला परेको उक्त गाँजा नियमानुसार बरामद गरि गाँजाका सम्बन्धमा सुक्ष्म रुपमा बिस्तृत अनुसन्धान कार्य भईरहेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रकाशित: Dec 31, 2022| 12:50 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।