बुधबार, जेठ २७, २०८३

राहदानी वितरण सहज बनाउन गृहले गठन गर्‍यो समिति

सर्वसाधारणलाई राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन लामो समय र झन्झटिलो प्रक्रिया भएकाले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले विज्ञसहितको समिति गठन गरेको हो।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– गृह मन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन विज्ञसहितको समिति गठन गरेको छ।

National life

सर्वसाधारणलाई राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन लामो समय लाग्ने, बिचौलिया हाबी हुँदा थप रकम दिनुपर्ने र झन्झटिलो प्रक्रिया भएकाले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले विज्ञसहितको समिति गठन गरेको हो।

राष्ट्रिय परिचयपत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञ टोली गठन गरिएको मन्त्रालयले जनाएको छ।

सूचना प्रविधि विज्ञसम्मिलित टोली गठन गरेर अध्ययन थालिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए।

विज्ञ टोलीले अध्ययन सुरु गरिसकेको र उक्त अध्ययन प्रतिवेदनका आधारमा समस्या  समाधान भई सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ।

Shivam cement

मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गृहमन्त्री रवि लामिछानेले राहदानी, राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नुपर्ने बाध्यता हटाइने प्रतिबद्धता जनाएका थिए। 


प्रकाशित: Dec 31, 2022| 12:32 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्