शुक्रबार, वैशाख २५, २०८३

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

विद्युतीय​ तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

रौतहट- विद्युतीय​ तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ।

National life

स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

गाउँ छेउको तरहारी खोलामा विद्युतीय​ तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि  गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए। 

मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित: Dec 31, 2022| 10:15 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।