शुक्रबार, वैशाख २५, २०८३

बुटवलमा युवकमाथि खुकुरी प्रहार

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

बुटवल- वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। 

National life

मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रबार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए।

घाइते कुँवरको दाइने हातमा ठूलो चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको एसपी रानाभाटले बताए। कुँवरको अवस्था गम्भीर रहेको छ।

प्रहरीले परियारसँगै प्युठानको झिमरुक गाउँपलिका-४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 31, 2022| 09:25 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।