बुधबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।
 |  शनिबार, पुस १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

vianetvianet

 काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ।  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको छ । त्यसैले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ। 

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

प्रकाशित: Dec 31, 2022| 06:41 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।