शुक्रबार, वैशाख २५, २०८३

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

राजविराज- सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ।

National life

बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ।

कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ।

गाँजाबारे अनुसन्धान थालिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए।

प्रकाशित: Dec 31, 2022| 06:32 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।