बुधबार, साउन १४, २०८२

'दुई दशकमा करिब १७ सय पत्रकारको हत्या'

सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

पेरिस- विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ।

सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन्।

आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, ‘तथ्याङ्कका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना सङ्कलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको ती व्यक्तिहरूको अनुहार रहेको छ।’

आरएसएफका आुसार इराक र सिरिया पत्रकारका रुपमा काम गर्नका लागि सबैभन्दा खतरनाक देश भएको र पछिल्लो २० वर्षमा कुल ५७८ जना पत्रकार मारिएका छन्। यो विश्वभर विगत दुई दशकमा मारिएका कूल पत्रकारको एक तिहाइभन्दा बढी हो।

त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ। 

सिरियामा भएको युद्धका कारण यो दुई दशकभित्र पनि सन् २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए। त्यसैले यो बर्षलाई ‘सबैभन्दा अँध्यारो वर्ष’ का रूपमा हेर्ने गरिएको छ। सन् २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।

यो रेकर्डको ‘क्रमिक गिरावट पछि र सन् २०१९पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो। 

तर सन् २०२२ मा युक्रेनमा भएको युद्धका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ। सन् २०२१ मा ५१ जना पत्रकारको हत्या भएकोमा यस वर्ष अहिलेसम्म ५८ जना पत्रकारको हत्या भएको छ। 

गत फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेयता आठ जना पत्रकारको हत्या भइसकेको छ। अघिल्लो १९ वर्षमा भएको कूल १२ पत्रकारको  हत्यासँग तुलना गर्दा यो अत्यधिक सङ्ख्या र जोखिमयुक्त वर्ष हो। 

विगत २० वर्षमा २५ जना पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चारमाध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो। 

राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रूसमा प्रेस स्वतन्त्रतामाथि व्यवस्थित र घातक आक्रमणहरू भएका आरएसएफको हरेक बर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ। 

‘यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश रहेको छ’, अधिकारवादी समूहले भनेको छ। 

सन् २०१५ मा पेरिसबाट प्रकाशित हुने व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण टर्की तेस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो भने फ्रान्स दोस्रो स्थानमा रहेको थियो। पत्रकारहरूले सशस्त्र द्वन्द्व भएका क्षेत्रहरूमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन्।

आरएसएफको रिपोर्टमा भनिएको छ, ‘आधिकारिक रूपमा कुनै युद्ध नभएका देशहरू पत्रकारहरूका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशहरूको सूचीको शीर्षस्थानमा छन्।’

वास्तवमा, विगत दुई दशकमा ‘युद्धग्रस्त क्षेत्र’ मा भन्दा शान्ति क्षेत्र भनिएका स्थानमा धेरै पत्रकारहरू मारिएका छन्। अधिकांश घटनाहरूमा उनीहरू सङ्गठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेका समय मारिएका देखिन्छ। अमेरिकी राज्यहरूमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ।

आरएसएफले भनेको छ, ‘अमेरिका सञ्चारमाध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ।’  -सिन्ह्वा


प्रकाशित: Dec 30, 2022| 21:30 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।